खाेज्नुहाेस

एमाले महाधिवेशनका लागि सुदूरपश्चिमबाट १ सय ६४ प्रतिनिधि छनोट 

Image

धनगढी – दशौँ राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिमका नौ जिल्लाबाट १ सय ६४ प्रतिनिधि छनोट गरिएका छन । बुधबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो बिषयमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ र कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा निर्वाचन प्रक्रिया तथा अन्य सबै ठाउँमा सर्वसम्मत रुपले प्रतिनिधि चयन गरिएको बताए ।

attariya hospital

उनले महाधिवेशन प्रतिनिधि छनोट भएपनि प्रमाणीकरण गर्न र केही प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले नामावली अहिले नै सार्वजनिक गर्न नमिल्ने उनले जनाए ।

navjiwan hospital

कैलालीमा उपाध्यक्ष भीम रावल पक्षले महाधिवेशनमा समानान्तर प्रतिनिधि पठाउने तयारी गरिरहेको विषयमा बोल्दै थापाले त्यसले वैधता नपाउने प्रतिक्रिया दिए ।

यसैबिच अध्यक्ष थापाले थापाले दशौँ राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओली पार्टी अध्यक्षमा निर्विकल्प रहेको बताएका छन् ।

‘अध्यक्षमा केपी ओली निर्विकल्प हुनुहुन्छ । उहाँ नै सर्वसम्मत बन्नुहुनेछ,’ थापाले भने, ‘पदाधिकारीसहितका अन्य पदका विषयमा अहिले यस्तै हुन्छ भन्ने सकिने अवस्था छैन ।’