खाेज्नुहाेस

देउसी खेलिरहेकालाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु

Image

हेटौंडा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा देउसी खेलिरहेकाहरूलाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। अन्य पाँचजना घाइते भएको प्रहरीले जनाएको छ।

navjiwan hospital

हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले अनियन्त्रित भएर शनिबार राति ११ बजे देउसी खेलिरहेकाहरूलाई ठक्कर दिँदा हेटौंडा–१५ का करिब २० वर्षीय सुजन विष्ट र चितवन घर भएका ३४ वर्षीय प्रेमबहादुर सिंह घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिए।

attariya hospital

घाइते हुनेमा हेटौंडा–१९ का १६ वर्षीय संगम नेपाली, १० वर्षीया निष्ठा मोक्तान, ३५ वर्षीया तुलशा विष्ट, ३५ वर्षीया लक्ष्मी गुरुङ र ४७ वर्षीय टंकप्रसाद डल्लाकोटी रहेका छन्। घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ भने बाँकीको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

बाटो नजिकै रहेको घरमा बस अनियन्त्रित भई देउसी खेलिरहेकाहरूलाई ठक्कर दिएको प्रहरीले बताएको छ। ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन्। आगजनीले बस जलेको छ।