खाेज्नुहाेस

कैलालीको तेघरीमा वडास्तरिय भलिबल प्रतियोगीता हुने

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ तेघरीमा तेस्रो वडास्तरिय भलिबल प्रतियोगीता आयोजना हुने भएको छ । वडाको राजधानी टोल सुधार समितिले दिपावलीको अवसर पारी प्रतियोगीताको आयोजना गर्ने भएको हो ।

यही कार्तिक १३ गतेदेखी सुरु हुने उक्त प्रतियोगीताको बारेमा सोमबार आयोजक संस्थाले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

attariya hospital

वडामा रहेका भलिबल खेलप्रेमीहरुको प्रतिभालाई उजागर गर्न प्रतियोगीता आयोजना गर्न लागिएको समितिका अध्यक्ष सुधिर बलायरले जानकारी दिए ।

navjiwan hospital

उनले पछिल्लो समय फुटबल तथा क्रिकेटका प्रतियोगीताहरु धेरै हुने गरेको र भलिबल लोप हुने अवस्थामा पुगेकाले भलिबलको संरक्षण र संर्वद्धनका लागी प्रति प्रतियोगीता महत्वपुर्ण रहेको बताए । गोदावरी नगरपालिका भित्र बसोबास भएका खेलाडीहरुले मात्रै प्रतियोगीतामा सहभागीता जनाउन पाउने उनले बताए । उनले एक वडाको खेलाडीले अर्काे वडाको टिमबाट पनि खेल्न नपाउने बताए ।

प्रतियोगीताको प्रथम पुरस्कार नगद रु. ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय पुरस्कारका रुपमा नगद रु. १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र रहेको खेल संयोजक प्रकाश बोहराले जानकारी दिए । उनले प्रतियोगीतामा विविध विधामा उत्कृष्ट ३ जना खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था रहेको बताए ।

प्रतियोगीतामा नगरभित्रका सबै वडाका करिब १२ वटा टिमको सहभागीता रहने अपेक्षा लिएको उनले बताए । नकआउट प्रणालीमा खेलाईने प्रतियोगीता यही कार्तिक १७ गते समापन हुने उनले बताए । प्रतियोगीता सञ्चालनमा करिब २ लाख खर्च लाग्ने उनले बताए ।

प्रतियोगीताको मुख्य प्रायोजकमा एलबि कन्स्ट्रक्सन प्रा.ली रहेको छ भने प्रर्वद्धकमा गोदावरी नगरपालिका वडा नं. २ को कार्यालय रहेको छ ।