खाेज्नुहाेस

भीम रावलले दिएको राजीनामा केही पनि होइन : ओली

Image

काठमाडौं – प्रतिपक्ष दल नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे कार्यन्वयन कार्यदलका संयोजक भीम रावलले दिएको राजीनामा केही पनि नभएको जवाफ दिएका छन् ।

शनिबार थापाथलीस्थित केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट पार्टीको वडा कमिटीको अधिवेशन उद्घाटन गर्न पुगेका ओलीलाई सञ्चारकर्मीले रावलको राजीनामा बारे सोधेको प्रश्नमा केही पनि नभएको उनले बताए ।

attariya hospital
navjiwan hospital

उनले भने, ‘उहाँले राजीनामा के को गर्नुभएको हो ? संयोजन मैले सकिन त्यसकरण मेरो राजीनामा भन्नुभयो । त्यत्रो ठूलो कुरो पनि होइन । लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन ।’

१० बुँदे सहमति कार्यान्वय हुन्छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले बाँकी केही छन् त्यो हुन्छ भनेर जवाफ दिएका छन् ।

विभाजित पार्टी एकता गर्न बनेको १० बुँदे कार्यदलका संयोजक रावलले अध्यक्ष ओलीलाई यसअघि पटक पटक १० बुँदे अक्षरस सम्बोधन गर्नुपर्ने भन्दै आएका थिए । बीचमा ओलीले रावललाई १० बुँदे माग पूरा हुने आश्वासन पनि दिएका थिए ।

तर, पछिल्लो समय ओली १० बुँदे सहमतिप्रति सक्रिय नदेखिएपछि शुक्रबार रावलले संयोजक पदबाट राजीनामा दिएका थिए ।