खाेज्नुहाेस

सुदूरपश्चिममा ३९ कोरोना  संक्रमित थपिए 

Image

अत्तरिया –   सुदूरपश्चिम प्रदेशमा मंगलबार  थप ३९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट ९ सय ६६ जनाको परीक्षण गर्दा थप ३९ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २८ जना कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ३७ जनाको नमूना एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको छ ।

attariya hospital
navjiwan hospital

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जना, डडेल्धुरा अस्पतालमा १० जनाको परीक्षण गर्दा ३ जना र महाकाली अस्पतालमा ११ जनाको परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको छ ।

डोटी अस्पतालमा १० जना र बैतडी अस्पतालमा १२ जनाको नमूना परीक्षण गरिएकोमा कुनैमा पनि संक्रमण फेला परेको छैन । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ हजार ९ सय ४९ पुगेको छ ।

त्यस्तै मंगलबार थप १३ जनाले कोरोना जितेका छन । यो संगै कोरोना जित्नेको संख्या ३७ हजार ५९ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । प्रदेशमा मंगलबार कसैको पनि कोरोनाका कारण ज्यान गएको छैन । प्रदेशमा हालसम्म  ५ सय ९१ जनाले ज्यान गुमाएका  छन ।