खाेज्नुहाेस

आज सातौं संविधान दिवस

Image

धनगढी – संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको अवसरमा आज सातौं सविधान दिवस मनाईदै छ । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा  विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ ।

नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो । दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले आईतबार सार्वजनिक बिदा समेत दिएको छ ।

attariya hospital
navjiwan hospital

यसैबिच संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनालाई माफी र ५२३ जनाको कैद भट्टा गरेकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी भएको छ ।

त्यस्तै हर्कबहादुर राईसमेत ५२३ जना कैदीले भुक्तान हुन बाँकी कैद कट्टा गरिएको हो । असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो । संविधान जारी भएको दिन अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।