खाेज्नुहाेस

आज चीनबाट ४४ लाख डोज कोरोना खोप आउँदै

Image
navjiwan hospital

काठमाडौँ – सरकारको निर्णयअनुरुप कोरोनाको खोप लिन चीन पुगेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान शुक्रबार दिउँसो आइपुग्ने भएको छ ।

बिहीबार खोप लिन बेइजिङ पुगेको विमान शुक्रबार दिउँसो नेपालमा अवतरण हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालले चीनसँग किनेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको छ । ४४ लाख डोज खोप २ पटक गरेर ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।