खाेज्नुहाेस

दशैंका लागि असोज ४ गतेदेखि नयाँ नोट वितरण गरिने

Image

काठमाडौं – नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट वितरण गर्ने जनाएको छ । नयाँ नोट वितरणका लागि बैंकहरुमा नोट पुगिसकेको राष्ट बैंकले जनाएको छ ।

navjiwan hospital

राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिए ।

attariya hospital

‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । नयाँ नोट प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले वितरण हुने जनाईएको छ ।