खाेज्नुहाेस

कैलालीमा चरेला नदीले बगाउँदा महिलाको मृत्यु 

Image

धनगढी – कैलालीमा चरेला नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–६ गुलरास्थित चरेला नदीले बगाउँदा सोही ठाउँकी ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको हो ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार लुगा धुन गएकी उनलाई नदीले बगाएको थियो । उनको शव घटनास्थलबाट करिब ७ सय मिटर टाढा शव फेला परेको हो ।

attariya hospital

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।