निलम्बित सांसद रेशम चौधरीले महन्थ ठाकुरले दर्ता गर्न लागेको नयाँ पार्टीलाई समर्थन गरेका छन् । डिल्लीबजार कारागारमा रहेका चौधरीले मञ्जुरीनामामार्फत नयाँ पार्टीमा आफू कार्यकारिणी सदस्यको रूपमा रहने गरी समर्थन जनाएका हुन् ।

उनले कारागार कार्यालयमार्फत आयोगलाई लेखेको पत्रमा प्रस्तावित जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)मा कार्यकारिणी सदस्यको जिम्मेवारी बहन गर्न आफू तयार रहेकाले पत्रलाई आधिकारिकताको रूपमा स्वीकार गर्न आग्रह गरेका छन् ।

आयोगले चौधरी सहितको निवेदनका आधारमा दल दर्ताको निवेदन दर्ता गरेको छ । दल दर्ताको प्रक्रिया पूरा हुन ४५ दिन लाग्ने आयोगले जनाएको छ ।















