बैतडी – बैतडीमा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ । महाकाली लोकमार्ग अन्तर्गत बैतडीको डिलाशैनी गाउँपालिका – ६ श्रीशैनमा चितुवा बच्चा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

चितुवा बच्चालाई गाडीले ठक्कर दिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृत चितुवा बच्चालाई डिभिजन वन कार्यालयको परिसरमा गाडिएको प्रहरीले जनाएको छ ।

मृत फेला परेको चितुवाको बच्चा ६ महिनाको हुन सक्ने अनुमान गरिएको छ ।
















