धनगढी – कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुक्न बाध्य पारिएका प्रकाश विश्वकर्मा इलाका प्रहरी कार्यालय भजनी पुगेका छन् । प्रहरीले प्रकाश दम्पत्तिलाई छलफलका लागि बोलाएको थियो । तर, प्रकाश एक्लै प्रहरीकोमा पुगेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।
प्रकाश प्रहरीको सम्पर्कमा रहेको बताउँदै केटीपक्षलाई पनि सम्पर्कमा ल्याउन पहल भइरहेको प्रहरी निरीक्षक नरबहादुर साउदले बताए ।
असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावल हिजो घर पुगका थिए ।


विवाह गरेपछि जंगलमा लुकेर बसेका जोडीलाई प्रहरीले छलफलका लागि बोलाएको हो । विवाह गरेका जोडीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले त्यसमा चासो देखाएको थियो ।
सम्बन्धित समाचार
कैलालीमा अन्तरजातीय विवाह गरेर २१ दिनदेखि जंगलमा बसेको जोडीमाथि आक्रमण


















