खाेज्नुहाेस

अत्तरिया उद्योग वाणिज्य संघद्वारा एमआरपी लेबलसम्बन्धी तालिम आयोजना

Image

अत्तरिया-  कैलालीको अत्तरियामा व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबलसम्बन्धी तालिम आयोजना गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय धनगढीको सहकार्यमा अत्तरिया उद्योग वाणिज्य संघले शनिबार तालिमको आयोजना गरेको हो । तालिममा एक सयभन्दा बढी व्यवसायी तथा उद्यमीको सहभागिता रहेको थियो ।

तालिममार्फत व्यवसायीलाई एमआरपी लेबल, नयाँ सरकारी नीति, छुट तथा व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने नियम र प्रक्रियाबारे जानकारी दिइएको संघका अध्यक्ष कमल कडायतले जानकारी दिए । उनले निर्वाचित भएलगत्तै संघले व्यवसायी संगठनका रूपमा निर्वाह गर्नुपर्ने दायित्वलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । केही समयअघि भ्याटसम्बन्धी तालिम आयोजना गरिएको उल्लेख गर्दै उनले यसपटक नयाँ सरकारको नीतिअनुसार छुट तथा एमआरपी लेबलसम्बन्धी विषयमा व्यवसायीलाई जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।

attariya hospital

उनले व्यवसायीले आफ्नै ठाउँमा सहज रूपमा एमआरपीसम्बन्धी जानकारी तथा आवश्यक परामर्श पाउने वातावरण बनाउन संघले पहल गरेको बताए । व्यवसायी तथा उद्यमीलाई व्यावसायिक गतिविधिसँग सम्बन्धित नयाँ नियम, प्रक्रिया र आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संघले जनाएको छ ।
तालिमको प्रशिक्षकका रुपमा उद्योग तथा वाणिज्य कार्यालय धनगढीका कार्यालय प्रमुख पदमराज अवस्थी र नायब सुब्बा नरराज पाण्डेय रहेका थिए । कार्यक्रमको सञ्चालन अत्तरिया उद्योग वाणिज्य संघका सचिव धिरेन्द्र बोहराले गरेका थिए ।