बैतडी – बैतडीको सदरमुकाम गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिर पुनर्निर्माण अभियानमा बैतडी प्रहरीले एक लाख एक रुपैयाँ सहयोग गरेको छ ।
जिल्लामा कार्यरत नेपाल प्रहरीका कर्मचारीहरूले व्यक्तिगत रूपमा स्वच्छाले रकम संकलन गरी जम्मा भएको एक लाख एक रुपैयाँ जगन्नाथ सेवा समितिलाई हस्तान्तरण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले धार्मिक मठमन्दिरको संरक्षण र संवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले प्रहरी कर्मचारीहरूले स्वच्छाले रकम संकलन गरेको जानकारी दिए ।
जगन्नाथ मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको अभियानमा विभिन्न व्यक्ति तथा संघसंस्थाबाट स्वस्फूर्त रूपमा सहयोग जुटिरहेको छ । हालसम्म ७५ लाख बढी रुपैयाँ संकलन भइसकेको जगन्नाथ सेवा समितिले जनाएको छ ।

















