डडेल्धुरा – डडेल्धुरामा लागूऔषध मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा आलिताल गाउँपालिका–२ घर भई हाल अमरगढी नगरपालिका–४ खलंगा बस्ने ४२ वर्षीय रामबहादुर पुन रहेका छन्।


जिल्ला अदालत डडेल्धुराको फैसलाले लागूऔषध मुद्दामा पुनलाई ६ महिना ३ दिन कैद र ११ हजार रुपैयाँ जरिवाना तोकेको थियो।
फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार दिउँसो अमरगढी नगरपालिका–३ स्थित आईत बजारबाट पक्राउ गरेको हो।
पक्राउ परेका पुनलाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

















