खाेज्नुहाेस

गोदावरीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु, चालक घाइते

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–४ शान्तिटोलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

गयराति करिब २ः३० बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको सुुदूरपश्चिम प्रदेश ०१–१५ प १०४२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

attariya hospital
navjiwan hospital

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गोदावरी नगरपालिका–४ का २३ वर्षीय सागर साउँदको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकल चालक सोही ठाउँका २४ वर्षीय किशोर साउँदको दाहिने हातमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते किशोरको अत्तरियास्थित अस्पतालमा उपचार गरिएको छ। सामान्य उपचारपछि उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले बिहान करिब ४ः३० बजे घटनास्थलमा लासजाँचको काम पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको डिएसपी हिरा महराले बताए । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।