
कञ्चनपुर– कञ्चनपुरबाट प्रहरीले भन्सार छली गरी भारतबाट अवैध रूपमा भित्र्याइएका सामान बरामद गरेको छ । सोमबार जिल्लाका विभिन्न स्थानबाट प्रहरीले १ लाख ७६ हजार ६५० रुपैयाँ बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका सामान फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बरामद गरिएका सामानमा चिनी, पेय पदार्थ, बिडी, साबुन, मिठाई, दाल, स्टिलका भाँडावर्तन, बोइलर कुखुरा र एक थान मोटरसाइकललगायत रहेका छन् ।



















