खाेज्नुहाेस

धनगढीमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

Image
file photo

अत्तरिया- कैलालीको धनगढीमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ जोखरतालस्थित ३० वर्षीय उमेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाइ नियन्त्रणमा लिएको हो ।

navjiwan hospital

जुवातास खेलिरहेका छ्न भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ छापा मारेको थियो। सो क्रममा जुवातास खेलिरहेको अवस्थामा उमेश चौधरीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

attariya hospital

प्रहरीले उनीहरूको साथबाट नगद ५७ हजार ९२० रुपैयाँ र एक गड्डी ताससमेत बरामद गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।