खाेज्नुहाेस

मुख्यमन्त्री भट्टद्धारा छठ पर्वको अवसरमा शुभकामना व्यक्त

Image
navjiwan hospital

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले छठ पर्वका अवसरमा शुभकामना दिएका छन् । एक सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउन छठ पर्वले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले यस पर्वले सांस्कृतिक विविधताबिचको एकताको भावनालाई मजबुत बनाउने बताए । उनले प्रकृति, सूर्य र जलप्रतिको आस्था तथा श्रद्धासँग जोडिएको छठ पर्वले नेपालको मौलिक कला, संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षण तथा प्रवद्र्धन गर्दै समतामूलक समाज र समृद्ध प्रदेश निर्माणका लागि प्रेरणा दिने विश्वास व्यक्त गरे ।

attariya hospital