खाेज्नुहाेस

कैलाली र कञ्चनपुरबाट पटका, मिठाइ लगायतका भन्सार छलीका सामान बरामद

Image

अत्तरिया – कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका २ लाख ३४ हजार रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ।

navjiwan hospital

कैलालीको भजनी नगरपालिका–३ ठेकीपुल नजिकबाट शनिबार बेलुकी प्रहरीले ७६ हजार ६ सय रुपैयाँ बराबरका सामान बरामद गरेको हो। इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका पटका, स्विच, सोल्डिङ वायर, टीभी रिमोट, ब्याट्री चार्जरलगायतका सामान फेला पारेको थियो।

attariya hospital

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट शनिबार दिउँसो १ लाख ५७ हजार ६ सय १० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका मिठाई, सोनपापडी, सारा बत्ती, रङ्गोलीलगायतका सामान फेला पारेको हो।

दुवै स्थानबाट बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।