खाेज्नुहाेस

धनगढीबाट ६० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

Image

अत्तरिया – कैलालीको धनगढीबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

navjiwan hospital

धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट शनिबार साँझ ६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

attariya hospital

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको थियो।

पक्राउ पर्नेमा धनगढी–३ मिलन चोककै २२ वर्षीय ईश्वर साउँदसहित दुई जना रहेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।