खाेज्नुहाेस

कैलालीबाट ८८ हजार बढीका भन्सार छलीका सामान बरामद

Image
file photo

अत्तरिया –  कैलालीका विभिन्न स्थानबाट प्रहरीले ८८ हजार ७५० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ।

navjiwan hospital

भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका इलेक्ट्रिक सामान, प्लास्टिक पोलिथिन, कपडा तथा किरानाका सामान शनिबार प्रहरीले बरामद गरेको हो।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारेको थियो।

बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।