कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीमा ट्र्याक्टर र इलेक्ट्रिक स्कुटर एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

भित्री सडक खण्डमा म १ त ६११ नम्बरको ट्र्याक्टर र इलेक्ट्रिक स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक भीमदत्त नगरपालिका–१० का १८ वर्षीय आशिष बम गम्भीर घाइते भएका थिए।

घाइते बमलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएकोमा शनिबार साँझ उपचारकै क्रममा मृत्यु भएको हो।
दुर्घटनापछि प्रहरीले ट्र्याक्टर चालक भीमदत्त नगरपालिका–९ का ५८ वर्षीय प्रेम सिंह भण्डारीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















