खाेज्नुहाेस

बेलाैरीमा जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

Image
सांकेतिक फोटो

कञ्चनपुर – कञ्चनपुरकाे बेलाैरीमा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

navjiwan hospital

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–५ भकुण्डा निवासी २१ वर्षीय चरण चौधरी रहेका छन्।

attariya hospital

प्रहरीका अनुसार मंगलबार दिउँसो पीडित महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।