अत्तरिया – कैलालीको धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली मार्गबाट ३ ग्राम ५८ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।

बुधबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीसहितको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा गोदावरी नगरपालिका–९ का १९ वर्षीय सन्जय राना, कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरका १९ वर्षीय घनश्याम राना र १८ वर्षीय एक किशोरको साथबाट उक्त पदार्थ फेला पारेको हो।

प्रहरीले बरामद पदार्थसहित तीनै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


















