धनगढी – ७१औँ प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको आयोजनामा वृक्षरोपण गरिएको छ । सोमबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराइ लगायत प्रहरी अधिकृत तथा जवानहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमअन्तर्गत प्रदेश प्रहरी कार्यालय परिसरका विभिन्न स्थानमा विभिन्न प्रजातिका बिरुवा रोपिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

वृक्षरोपण कार्यक्रमले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा स्वच्छ र सुन्दर प्रहरी कार्यालय परिसर निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रमका क्रममा कार्यालय परिसरका विभिन्न स्थानमा विभिन्न प्रजातिका २०० भन्दा बढी बिरुवाहरू रोपिएका थिए ।
प्रहरी दिवसको अवसरमा आयोजित यस कार्यक्रमले वातावरणप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्नुका साथै प्रकृति संरक्षणको सन्देश प्रवाह गरेको छ ।
















