कैलाली – कैलालीको गौरीगंगा नगरपालिका-४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति (विव्यस) सदस्य देवबहादुर बमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ।

अख्तियारका अनुसार बमले विद्यालयमा तोकिएबमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराउन निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा अनुसन्धान गरिएको थियो।

आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।


















