खाेज्नुहाेस

अछाममा जंगलको खोल्साबाट भरुवा बन्दुक बरामद

Image
file photo

अछाम – अछामको साँफेबगर नगरपालिका–२ श्रीकोटस्थित तपसीझाड जंगलको खोल्साबाट प्रहरीले बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक बरामद गरेको छ।

navjiwan hospital

शुक्रबार दिउँसो फलाँटको रुखमुनि लुकाइछिपाइ राखिएको अवस्थामा उक्त भरुवा बन्दुक फेला परेको हो।

attariya hospital

इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले बन्दुक बरामद गरेको जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।