खाेज्नुहाेस

गोदावरी होटल व्यवसायी संघको साधारण सभा सम्पन्न

Image

अत्तरिया– गोदावरी होटल व्यवसायी संघको साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच संघको नवौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको हो ।

संघका अध्यक्ष लक्ष्मण धामीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी महासंघ नेपालका पर्यटन उपाध्यक्ष कलम बहादुर बम रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा संघले गत आर्थिक वर्षमा गरेका विभिन्न गतिविधिहरु सार्वजनिक गरिएको थियो । संघले गत आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न शिर्षकबाट २ लाख ५४ हजार ६५५ रुपैया आम्दानी भएको जनाएको छ । जसमा नविकरण तथा नयाँ दर्ता वाफत, क्यालेन्डर छापेबाफत भएको नाफा, ईन्ट्रिबुक लगायतको नाफा समावेश गरिएको छ ।

सो आम्दानीबाट २ लाख ३५ हजार ४०० रुपैया खर्च भएको संघको प्रतिवेदनमा उल्लेख छ । जसमा मसलन्द तथा छपाई, खाना नास्ता, क्यालेन्डर छपाई, लेखा परिक्षण शुल्क, तिजको अवसरमा दर खुवाउने कार्यक्रम, हिल्टन होटलका सञ्चालक गगन महतलाई उपचार खर्च दिएको लगायतका शिर्षकहरु समावेश गरिएको छ ।

संघले आम्दानीबाट बाँकी रहेको रकममध्ये १० हजार ८०० बैंकमा र ८ हजार ४५५ रुपैया कार्यालयमा नगद मौज्दात रहेको समेत जनाएको छ ।

संघले साधारण सभाकै कार्यक्रममा तीजको दर खाने कार्यक्रम पनि आयोजना गरेको थियो । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा संघले प्रत्येक वर्ष दर खाने कार्यक्रम गर्दै आएको छ । यस पटक साधारण सभाकै दिन तीजको दर खाने कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण धामीले जानकारी दिए ।