खाेज्नुहाेस

बेलौरीको नि –विराद सहिद स्मृति खानेपानीको दोस्रो पटक साधारण सभा बोलाइयो

Image

सन्तोष पन्त, बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरमा रहेको नि–विराद सहिद स्मृति खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो पटक साधारण सभा बोलाइएको छ । नयाँ कार्यसमिति चयनका लागि पहिलो पटक भदौ १६ गते बोलाइएको साधारण सभामा गणपूरक सङ्ख्या नपुगेपछि भदौ २२ गते दोस्रो पटक साधारण सभा बोलाइएको हो ।

१६ गतेको भेलाले पुरानो उपभोक्ता समितिको आर्थिक प्रतिवेदनलाई अनुमोदन गर्दै, अध्यक्ष झलक शाहसहितको समितिलाई विघटन गरी नयाँ समितिको चयन प्रक्रिया अगाडी बढाउने निर्णय गरेको थियो । तर, साधारण सभामा गणपूरक सङ्ख्या नपुगेपछि २२ गते पुनः भेला बोलाइएको नि –विराद सहिद स्मृति खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका निवर्तमान अध्यक्ष झलक शाहले बताए ।

attariya hospital

उनले भने ‘मेरो कार्यकाल सकियो, अब नयाँ समिति निर्माण हुने हो । १६ गते उपस्थित सङ्ख्या कम भएकाले २२ गते फेरि भेला बोलाएका छौ ।’ उनले उक्त भेलामा सर्वदलीय सहमतिबाट नयाँ समिति बनाउने प्रयास रहेको बताए ।

navjiwan hospital

सहमतिबाट नयाँ कार्यसमिति नबने निर्वाचन हुने छ । जसका लागि पुष्प राज जोशीलाई निर्वाचन संयोजकको जिम्मेवारी दिइएको छ । अध्यक्ष पदका आकाक्षी बढी देखिएकाले चुनाव हुने सम्भावना धेरै देखिएको छ ।

कस्तो छ खानेपानी संस्थाको अवस्था ?

जग्गा विवादले ढिलो गरी ट्याङ्की निर्माण कार्य सुरु भएको समितिले २०८१ वैशाख बाट उपभोक्ताहरूलाई पानी वितरण सुरु गरेको थियो । उपभोक्ता समितिका निवर्तमान अध्यक्ष झलक शाहका अनुसार हालसम्म ४६१ उपभोक्तहरुमा धारा जडान गरिएको छ छ भने थप १ सय धाराका सामाग्रीहरू राखिएको छ ।

गत असारबाट फिल्टर मसिन समेत जोडेको समितिले यो आर्थिक वर्षबाट डिजिटल टिओ मिटर जडान गरी काम गरिरहेको निवर्तमान अध्यक्ष शाहले बताए । यसबाट रिडिङ, बिलिङ, उपभोक्तालाई सूचना दिन सहज भएको उनको भनाइ छ ।

कार्यालय व्यवस्थापन भवेन्द्र शाहका अनुसार हालसम्म जोडिएको ४ सय ६१ धाराहरूबाट मासिक ६० देखि ६५ हजार महसुल उठ्ने गरेको छ । हाल समिति सँग २ लाख बढी रुपैयाँ जम्मा रहेको छ ।