खाेज्नुहाेस

गोदावरी होटल व्यवसायी संघको अध्यक्षमा रवीन्द्र खड्का चयन

Image
अत्तरिया – गोदावरी होटल व्यवसायी संघको ९ औँ साधारण सभा तथा ४ औँ अधिवेशनले रवीन्द्र खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
attariya hospital
अधिवेशनबाट उपाध्यक्षमा विष्णा देवी बोहरा, महासचिवमा दिलबहादुर खत्री, सचिवमा निर्मला पन्थी र कोषाध्यक्षमा लालबहादुर धामी निर्वाचित भएका छन् ।
navjiwan hospital
यस्तै, कार्यसमिति सदस्यमा लोकेन्द्र बहादुर सिंह, सुरेन्द्र बहादुर विष्ट, पवित्रा भण्डारी, डल्लु राना मगर, सीता देवी चुनारा, रुपा देवी गौतम र विजय सिंह धामी चयन भएका छन् ।
शनिवार होटल व्यवसायी महासंघ नेपालका पर्यटन उपाध्यक्ष कलम बहादुर बमले प्रमुख आतिथ्ययतामा अधिवेशनको उद्घाटन गरिएको थियो ।