खाेज्नुहाेस

अत्तरियामा संस्थागत नीति तथा अनुपालना सम्बन्धी एकदिने पुनर्ताजगी तालिम सम्पन्न

Image

अत्तरिया– कैलालीको अत्तरियामा लघुवित्त वित्तिय संस्थाहरुका लागि संस्थागत नीति तथा अनुपालना सम्बन्धी पुनर्ताजगी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालयअन्तर्गत असुली तथा अनुगमन विभागको अनुगमन कार्यालय अत्तरियाको आयोजनामा एक दिने सो तालिम सम्पन्न भएको हो ।

उक्त एकदिने तालिममा अत्तरिया क्षेत्रअन्तर्गतका १० वटा शाखाका ३९ जना शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरूको सहभागिता रहेको थियो । तालिमको संयोजन तथा प्रशिक्षण अनुगमन कार्यालय अत्तरियाका अनुगमन अधिकृत माधव सापकोटाले गरेका थिए ।

attariya hospital
navjiwan hospital

तालिममा संस्थाको परिचय, उद्देश्य तथा कार्यक्षेत्र, कर्जा तथा बचत नीति, असुली नीति, ग्राहक संरक्षण तथा संस्थागत सामाजिक उत्तरदायित्व, आन्तरिक परिपत्र, नेपाल राष्ट्र बैंकका एकीकृत निर्देशनका प्रमुख प्रावधान, निष्क्रिय समूहलाई सक्रिय बनाउने रणनीति, सङ्कलन प्रणाली, दैनिक बजेट तथा कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा व्यापक छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

तालिमलाई प्रभावकारी र व्यवहारिक बनाउन विषयवस्तुलाई व्यावहारिक उदाहरण तथा वास्तविक कार्यक्षेत्रमा देखिने समस्यासँग जोडेर प्रस्तुत गर्नुका साथै सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी समूहगत छलफल र प्रस्तुतीकरणसमेत गराइएको थियो ।

तालिमबाट सहभागीहरूले संस्थागत नीति, नियम, अनुपालना, कर्जा तथा असुली प्रक्रिया र दैनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण ज्ञान तथा व्यावहारिक सीप हासिल गरेको आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन तथा सहजीकरण सहायक कार्यालय बेलौरीका शाखा प्रमुख विष्णु प्रसाद जैसीले गरेका थिए ।