बझाङ – बझाङमा चरेशजस्तो देखिने कालो पदार्थसहित एक किराना पसल सञ्चालक पक्राउ परेका छन्।
बित्थडचिर गाउँपालिका–४ मल्लो भत्तडास्थित बोहरा किराना पसलबाट ४ सय ग्राम चरेशजस्तो देखिने कालो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले पसलमा खानतलासी गर्ने क्रममा पसलभित्र लुकाइछिपाइ राखेको अवस्थामा उक्त पदार्थ फेला पारेको हो।
बरामद पदार्थसहित पसल सञ्चालक सोही ठाउँका ३१ वर्षीय वीरबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


















