खाेज्नुहाेस

कञ्चनपुरमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु

Image
file photo

महेन्द्रनगर – कञ्चनपुरमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा सोही मोटरसाइकलमा सवार बुवाको मृत्यु भएको छ ।

navjiwan hospital

सोमबार पूर्व पश्चिम राजमार्ग अन्तरगत बेदकोट नगरपालिका–६ सिसैयामा से ३ प ५२७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बेदकोट नगरपालिका–९ सुन्दरपुरका ६० वर्षीय गौरसिंह महराको मृत्यु भएको हो ।

attariya hospital

मोटरसाइकल मृतकका छोरा ४० वर्षीय गगनसिंह महराले चलाएका थिए । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पैदल यात्रु डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का २१ वर्षीय यज्ञ ठगुन्ना घाइते भएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले बताएका छन् ।