बाजुरा– देशभर एलपी ग्यासको अभाव देखिएका बेला बाजुरामा पनि खाना पकाउने ग्यासको चरम अभाव भएको छ। सदरमुकाम मार्तडीसहित कोल्टी, पिलुचौर र बाम्का क्षेत्रमा उपभोक्ता ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने र रित्तो फर्किनुपर्ने अवस्था छ।

मागअनुसार आपूर्ति नहुँदा विद्यार्थी, कर्मचारी तथा डेरावाल बढी प्रभावित भएका छन्। ग्यास नपाएपछि दाउरा लगायत वैकल्पिक इन्धन प्रयोग गर्नुपर्ने बाध्यता रहेको उपभोक्ताले बताएका छन्।

व्यवसायीका अनुसार आपूर्ति कम्पनीबाट पर्याप्त ग्यास नआएका कारण समस्या भएको हो। सडक तथा ढुवानी समस्याले पनि बाजुरामा ग्यास आपूर्ति प्रभावित हुने गरेको उद्योग वाणिज्य संघले जनाएको छ।


















