धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पदबाट राजीनामा दिएका छन् । बिहीबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन ।


सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले गत असार ३१ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए ।
संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने प्रावधान अनुसार उनले राजीनामा दिने विकल्प रोजेका हुन । एक महिना अघि अल्पमतमा परे पनि उनले अन्तिम दिनमा आएर मात्रै राजीनामा दिएका छन् ।

















