अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ का सांसद खेम कोइरालाले वैदेशिक रोजगारीमा ठगिएकालाई सम्पर्कमा आउन आह्वान गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई प्रमाणसहित सम्पर्कमा आउन आह्वान गरेका हुन ।
जसका लागि उनले वाट्सएप नम्बर ९८४८६६३१३१ (पुष्पराज सुवेदी) मा प्रमाणहरू पठाउन सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राखेर आह्वान गरेका छन् ।


वाड्सएप गर्दा कुन मेन पावर वा कन्सल्टेन्सी वा एजेन्ट हो, के कति रकम र त्यसको निस्सा वा भौचर, आफ्नो परिचय खुल्ने प्रमाण र ठगी गर्नेको परिचय खुल्ने प्रमाण र भए फोन नम्बर पठाउन आग्रह गरेका छन् ।
उनले यस क्रममा केही समय लागे पनि न्याय दिलाउन आफू लागि पर्ने प्रतिबद्धता गरेका छन् ।


















