अत्तरिया– कैलालीको अत्तरियामा ‘यामाहा बेस्ट एक्सचेन्ज’ अफर सुरु हुने भएको छ । यामाहा नेपालको आधिकारीक वितरक एम.ए.डब्ल्यु ग्रुप अन्तरगतको अधिकृत डिलर शुभकोटी मोटर्सले भोली आईतबार देखी अत्तरियामा यामाहा बेस्ट एक्सचेन्ज अफर सुरु गर्न लागेको हो ।

६ दिनसम्म सञ्चालन हुने एक्सचेन्ज अफरमा जस्तो सुकै अवस्थाको पुराना मोटरसाईकल तथा स्कुटर साटेर नयाँ यामाहा मोटरसाईकल खरिद गर्न सकिने कम्पनिले जनाएको छ । ‘अझै ज्यादा, अझै धेरै’ नारा सहित सञ्चालन गर्न लागिएको उक्त एक्सचेन्ज अफर अभियान अन्तरगत ग्राहकहरुले आफ्नो पुरानो दुई पांग्रे सवारी साधनको उच्च मुल्यांकन प्राप्त गर्दै नयाँ यामाहा कम्पनिको मोटरसाईकल वा स्कुटर खरिद गर्न सक्ने शुभकोटी मोटर्सका सञ्चालक समुन्द्र भण्डारीले जानकारी दिए । उनले एक्सचेन्ज अफर अभियानमा आर्कषक नगद छुट तथा ५ हजार सम्मको निःशूल्क सामग्री प्राप्त गर्न सकिनुका साथै स्पट एक्सचेन्ज तथा सहज फाइनान्स सुविधा समेत उपलब्ध भएको बताए ।

उनका अनुसार ‘यामाहा लैजाउ घरमा, नागरिकता कै भरमा’ योजना समेत एक्सचेन्ज अफरमा राखिएको छ । जस अन्तरगत ग्राहकहरुले न्यून कागजी प्रकृया मार्फत सहज रुपमा फाइनान्स सुविधा प्राप्त गर्न सक्ने भण्डारीले बताए । सो एक्सचेन्ज अफर अभियान अवधीभर यामाहा खरिद गर्ने ग्राहकहरुले २ वर्ष कर फ्रि तथा ५ वर्ष राइड फ्री जस्ता विशेष सुविधा समेत प्राप्त गर्न सक्ने उनको भनाई छ ।
सञ्चालक भण्डारीले यामाहा नेपालले नेपाली ग्राहकहरुको आवश्यकता र अपेक्षालाई केन्द्रमा राख्दै समयानुकुल तथा ग्राहकमैत्री योजनाहरु सञ्चालन गर्दै आएको बताए । एक्सचेन्ज अभियान मार्फत कम्पनिले ग्राहकहरुलाई उत्कृष्ट प्रविधि, आकर्षक डिजाइन, उच्च प्रदर्शन तथा विश्वसनियताको अनुभव दिलाउनले लक्ष्य राखिएको भण्डारीले बताए ।

















