अत्तरिया – कैलालीको कैलारी गाउँपालिका–४ भितरिया घाटबाट प्रहरीले आठ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ८ लाख ३०० रुपैयाँ बराबरका सामान गएराति बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामानमा कुर्ती, टप्स, दुई थान साइकललगायतका सामग्री रहेका छन्। आवश्यक प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद सामान सम्बन्धित निकायमा बुझाइने तथा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
















