खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

Image

सुदूरपश्चिम प्रदेश सरकारले ३७ अर्ब ७० करोड बराबरको बजेट घोषणा गरेको छ । आर्थिक मामिलामन्त्री बिक्रम सिंह धामीले मध्यरातमा प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट घोषणा गरेका हुन् ।

navjiwan hospital

बजेटले कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई समेटेको छ । ३७ अर्ब ७० करोडको खर्च ब्यहोर्ने स्रोतहरूमा सङ्घीय अनुदान र आन्तरिक राजस्वलाई मुख्य आधार बनाइएको छ । जसमा आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड रुपैयाँ, नेपाल सरकारबाट राजस्व बाँडफाँडबाट १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने प्रदेश सरकारको अनुमान छ । यस्तै सङ्घीय रोयल्टी बाँडफाँडबाट ७ करोड रुपैयाँ, सङ्घीय वित्तीय समानीकरण अनुदान ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै चालु आर्थिक वर्षको बाँकी मौज्दात रकम ९ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। सङ्घीय सशर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ र सङ्घीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख र सङ्घीय विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ अनुमान गरिएको छ ।

attariya hospital

प्रदेश सरकारले स्थानीय तहहरूका लागि पनि विभिन्न अनुदानमार्फत बजेट विनियोजन गरेको छ । जसमा वित्तीय समानीकरण अनुदानतर्फ ९१ करोड ८० लाख, सशर्त अनुदानतर्फ ४ अर्ब ३७ करोड ४६ लाख, समपूरक अनुदानतर्फ ८१ करोड ४४ लाख ३७ हजार र विशेष अनुदानतर्फ ४९ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । यस्तै सवारी साधन करबाट ३२ करोड रुपैयाँ स्थानीय तहलाई जाने अनुमान गरिएको छ ।

बजेट सत्तारूढ दलबीच भागबन्डामा लामो रस्साकसीबीच सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा बजेट प्रस्तुत गरिएको थियो । बजेट प्रस्तुत कार्यक्रमलाई प्रतिपक्षी दलका सांसदले बहिष्कार गरेका थिए ।