खाेज्नुहाेस

सुदूरपश्चिम सरकारले राती ९ बजे बजेट ल्याउने

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यसूची अन्तिम समयमा प्रभावित भएको छ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच बजेटमा भागबण्डा नमिल्दा सोमबार साँझ ५ बजेका लागि तय गरिएको प्रदेशसभा बैठक राति ९ बजेका लागि सारिएको हो ।

navjiwan hospital

मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीहरूबीच बजेट तथा योजनाको बाँडफाँटमा सहमति जुट्न नसक्दा बजेट निर्माण प्रक्रिया अन्तिम घडीसम्म प्रभावित बनेको छ । बजेटको मस्यौदा अझै अन्तिम रूप नपुगेकाले कर्मचारीहरू लेखन कार्यमै व्यस्त रहेका छन् भने मन्त्रिपरिषद् बैठकसमेत बस्न सकेको छैन ।

attariya hospital

बजेट प्रस्तुत हुनुअघि नै सरकार असफल भएको भन्दै प्रमुख प्रतिपक्षी दलहरूले सरकारको आलोचना गरेका छन् । प्रतिपक्षी सांसदहरूले बजेट निर्माण प्रक्रियामै राजनीतिक भागबण्डा र स्वार्थ हाबी हुँदा प्रदेश सरकार अन्योलमा परेको आरोप लगाएका छन् ।