खाेज्नुहाेस

सुदूरपश्चिममा बजेटमा भागबण्डा नमिल्दा कांग्रेस–एमालेबीच विवाद

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुने दिनमै सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच विवाद चर्किएको छ । बजेटको भागबण्डा तथा आयोजना व्यवस्थापनमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् बैठकसमेत अनिश्चित बनेको छ ।

navjiwan hospital

मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले करिब ३८ अर्ब रूपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरे पनि अन्तिम घडीसम्म कांग्रेस-एमालेबीच बजेट बाँडफाँटमा रस्साकस्सी जारी रहेको बताइएको छ । एमालेले आफूहरूले सिफारिस गरेका योजना तथा बजेट व्यवस्थापन अपेक्षाअनुसार नभएको भन्दै असन्तुष्टि जनाएको स्रोतको दाबी छ ।

attariya hospital

आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार रातिदेखि सोमबार बिहानसम्म बजेट इन्ट्री तथा बजेट वक्तव्य तयारीको काम जारी रहे पनि गठबन्धनभित्रको विवादका कारण बजेट प्रस्तुतिको कार्यतालिका प्रभावित भएको छ । ५ बजे बजेट सार्वजनीक गर्ने कार्यतालिका भएपनि करिब १ घण्टा ढिलो भइसकेको छ ।