खाेज्नुहाेस

टेम्पो भीरबाट खसालिएको प्रकरणको छानबिन गर्न समिति गठन

Image

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ मा टेम्पोलाई भीरबाट खसालिएको घटनाको अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको हो ।

navjiwan hospital

समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजन वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन् । समितिलाई घटनाको वस्तुस्थिति अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको बताइएको छ ।

attariya hospital

यता, घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा सहभागी अन्य व्यक्तिहरूको भूमिकाबारे पनि अनुसन्धान भइरहेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा वन कर्मचारीहरूको समूहले टेम्पोलाई धकेलेर भीरबाट खसालेको देखिएपछि चौतर्फी आलोचना भएको थियो ।