खाेज्नुहाेस

कैलालीमा भन्सार छलीका सामान बरामद

Image

कैलाली – कैलालीको टिकापुर नगरपालिका–८ श्रीलङ्का क्षेत्रमा प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।

navjiwan hospital

कर्णाली नदी किनारबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी १ लाख ८४ हजार ७ सय २० रुपैयाँ बराबरका विभिन्न सामान आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

attariya hospital

प्रहरीका अनुसार पानी टेप, चेक भल्भ, सकेट, नट–बोल्ट, ट्युब तथा एउटा मोटरसाइकलसहितका सामान बेवारिसे अवस्थामा फेला परेका थिए। प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको टोलीले ती सामान बरामद गरी आवश्यक प्रक्रिया पूरा गरेर नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएका सामान सम्बन्धित निकायमा बुझाउने तथा थप कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।