कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका–६ तिलखा क्षेत्रबाट प्रहरीले खैरो हेरोइनसहित एक किशोरलाई पक्राउ गरेको छ।

लम्कीचुहा नगरपालिका–७ हरैयापुर निवासी १८ वर्षीय किशोरलाई आइतबार दिउँसो ८२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले से ४ प ७४८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको थियो। प्रहरीले लागूऔषधसहित मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















