खाेज्नुहाेस

अत्तरियाको सिटी सहकारीको खराब ऋणीहरुलाई ३५ दिने अल्टिमेटम

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कर्जा लिएर किस्ता तिर्न आलटाल गरेका ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने अल्टिमेटम दिएको छ । सहकारीले शुक्रबार एक सूचना जारी गर्दै कर्जा लिएर साँवा, ब्याज र हर्जाना मासिक वा तोकिएको समयमा नबुझाई कर्जा समेत तिर्न आलटाल गरेका ऋणीहरुलाई ३५ दिनभित्र कर्जा बुझाउन अल्टिमेटम दिएको हो ।

navjiwan hospital

संस्थाले जारी गरेको सूचनामा पटक पटक लिखित तथा मौखिक रुपमा तरताकेदा गर्दा र सम्बन्धित ऋणीको घरमा समेत सम्पर्क गर्दा पनि कर्जा तिर्ने तर्फ चासो नदिएका ऋणीहरुलाई कर्जा चुक्ता गर्न भनिएको छ । त्यसो नभएको खण्डमा सहकारी ऐन, २०७४ को दफा ९२, ९५ र ९६ तथा संस्थाको विनियम र ऋण उपसमितिको कार्यविधि बमोजिम ऋणी तथा जमानीकर्ताको चल–अचल सम्पत्ति, बैंक खाता तथा जग्गा जमिन रोक्का राख्न सम्बन्धित सरकारी निकायमा पठाईने भनिएको छ ।

attariya hospital

त्यसबाहेक ऋणी र जमानिकर्तालाई सहकारीको खराब ऋणीको सूचि अर्थात कालोसूचिमा समावेश गरी नाम ठेगाना र तस्बिर समेत सार्वजनिक गरिने सूचनामा उल्लेख गरिएको छ ।