खाेज्नुहाेस

गेटा आँखा अस्पतालमा  जारी आन्दोलन स्थगित

Image
अत्तरिया – कैलालीको गेटा आँखा अस्पतालमा जारी आन्दोलन स्थगित भएको छ । जेठ १९ गतेदेखि अस्पताल सङ्घर्ष समितिले १२ बुँदे माग राख्दै गरिरहेको आन्दोलन स्थगित भएको हो ।
attariya hospital
बिहीबार अस्पताल प्रशासनले सङ्घर्ष समितिले उठाएका १२ बुँदे माग पुरा गर्ने प्रतिबद्धता पछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको सङ्घर्ष समितिले शुक्रवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
navjiwan hospital
सङ्घर्ष समितिले अस्पतालभित्र राजनीति अन्त्य गर्नुपर्ने, स्वास्थ्यकर्मी सेवा सुविधा तथा बढुवा निश्चित गर्नुपर्ने, दिर्घ बहादुर चन्द, गोविन्द जोशी, रमेशचन्द्र भट्ट र राजबहादुर चौधरीलाई बर्खास्त गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गर्दै आएका थिए ।
यस्तै सङ्घर्ष समितिले गेटा आँखा अस्पतालमा अध्यक्ष सहित  व्यवस्थापन समितिमा ५० प्रतिशत स्थानीय सहभागिता सुनिश्चित गर्नुपर्ने, चिकित्सकको पदपूर्ति तत्काल गर्नुपर्ने, हालका व्यवस्थापन समितिका सदस्यहरूले राजीनामा गर्नुपर्ने, कर्मचारीद्वारा गरिने गैर कानुनी ठेक्का प्रथाको अन्त्य गर्नुपर्ने माग राखिएका थिए ।
उक्त मागहरू १ महिना भित्र पुरा गर्ने सहमति भएको छ ।