खाेज्नुहाेस

गोदावरी नदीले बगाउँदा २ महिलाको मृत्यु, आर्यघाट नजिकै शव फेला 

Image
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा महिलाको मृत्यु भएको छ ।
attariya hospital
शुक्रवार बिहान आएको बाढीले बगाउँदा गोदावरी नगरपालिका–४ बस्ने ५५ वर्षीय महेश्वरी धमला र ४० वर्षीय कल्पना साउदको मृत्यु भएको छ ।
navjiwan hospital
नदीमा आएको बाढीले बगाएका उनीहरूको शव गोदावरी नदीस्थित आर्यघाट नजिक फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिंह महराले बताएका छन् ।
उनले शुक्रवार बिहान नदी किनारामा शव फेला परेको बताए ।
उनीहरू दुवै जना शुक्रवार बिहान नै जङ्गलमा च्याउ टिप्न भनेर घरबाट निस्किएको पाइएको प्रहरीले जनाएको छ ।
त्यस क्रममा नदीमा आएको बाढीले उनीहरूलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।