धनगढी – कैलालीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका दुई लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटान र भजनी नगरपालिका–७ हिक्मतपुर क्षेत्रबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी २ लाख ११ हजार २ सय रुपैयाँ बराबरका चिनी, सुर्ती, बिडी तथा विभिन्न किसिमका विद्युतीय सामग्री बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएका सामान सम्बन्धित निकायमा बुझाउने तथा थप कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

















