खाेज्नुहाेस

निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

Image

धनगढी – सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा योगदानकर्ताहरूले धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बाट पनि कोष अन्तर्गतको उपचार सुविधा प्राप्त गर्न सक्ने भएका छन्। गुणस्तरीय स्वास्थ्य सेवासँगै सामाजिक सुरक्षा कोषको सुविधा उपलब्ध भएपछि सुदूरपश्चिमका हजारौं श्रमिक तथा उनका परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ।

निसर्ग अस्पतालका प्रशासन प्रमुख रामप्रसाद ओझाका अनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत व्यक्तिहरूलाई अस्पतालमार्फत उपचार सेवा प्रदान गरिँदै आएको छ। यस व्यवस्थाले योगदानकर्ताहरूलाई उपचार खर्चको आर्थिक भार कम गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।

attariya hospital
navjiwan hospital

सामाजिक सुरक्षा कोषमा नियमित योगदान गरिरहेका व्यक्तिहरूले निसर्ग अस्पतालमा उपचार गराउँदा तोकिएको मापदण्डअनुसार उपचार खर्चको ८० प्रतिशत रकम कोषबाट र २० प्रतिशत रकम स्वयं सेवाग्राहीले व्यहोर्नुपर्ने व्यवस्था रहेको छ।

कोष अन्तर्गत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजनामा आबद्ध योगदानकर्ताले एक वर्षमा अधिकतम एक लाख रुपैयाँसम्म उपचार सुविधा प्राप्त गर्न सक्ने व्यवस्था छ। यो सुविधा प्राप्त गर्न योगदानकर्ताले कम्तीमा तीन महिना नियमित रूपमा कोषमा योगदान गरेको हुनुपर्नेछ।

अस्पतालबाट उपचार सेवा लिएपछि चिकित्सकको प्रेस्क्रिप्सन, औषधि तथा उपचारसम्बन्धी सक्कल बिल, सामाजिक सुरक्षा कोषको परिचयपत्रलगायत आवश्यक कागजात पेश गरी दाबी प्रक्रिया पूरा गर्न सकिनेछ।